काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ मा बस दुर्घटना भएको छ ।
आज साँझ शङ्खरापुर नगरपालिका-३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ । घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ ।”
उक्त बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए ।

प्रतिक्रिया