काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् ।
भक्तपुरको गुण्डुस्थित ओलीको निवासमा पुगेर लिङ्देनले बुधबार साँझ भेटवार्ता गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
भेटवार्ताका क्रममा पृथ्वी जयन्तीको अवसरमा पार्टीले आयोजना गरेको चियापानको निम्तो दिइएको छ ।
साथै, उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको पनि उनले बताए ।

प्रतिक्रिया