काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिएको छ ।
२३ र २४ भदौको घटनामा अनुसन्धान गरिरहेको आयोगले वुधबार आयोगमा बोलाएर लामिछानेको बयान लिएको हो ।
आयोगले ‘२४ गते नख्खु कारागारबाट किन निस्कनु भयो ? र कहिले फर्कनु भयो ?’ देखि जेलबाट कैदीहरू निस्कँदा परेको असरसम्म प्रश्न गरेको थियो ।
आयोगले लिलि थापाको नेतृत्वमा जेन जेड आन्दोलनको समयमा भएका घटनाहरूको अध्ययन गरिरहेको छ । यही क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहसम्मको बयान लिइसकेको छ ।

प्रतिक्रिया