राप्रपाले प्रधानमन्त्रीलाई दियो पृथ्वी जयन्तीको निम्तो

राप्रपाले प्रधानमन्त्रीलाई दियो पृथ्वी जयन्तीको निम्तो


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री कार्कीलाई बालुवाटार पुगेर निम्तो दिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

‘प्रधानमन्त्री सुशीला कार्कीलाई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर हामी राप्रपा टोलीले भेट्यौँ, पौष २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दियौँ,’ उनले भने ।

उनले प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई श्रद्धा गर्ने बताएको पनि जानकारी दिए ।

‘तपाईँहरूले प्रधानमन्त्रीको रूपमा मलाई निम्ता गर्नुभयो म आउँछु,’ प्रधानमन्त्रीलाई उदृत गर्दै श्रेष्ठले भने, ‘विगतमा को आए आएनन् त्यो हेर्ने होइन, म चाहिँ आउँछु ।’