नेताहरूको कार्यविभाजनसहित एमालेद्वारा अपानि जारी (पुर्णपाठ)

नेताहरूको कार्यविभाजनसहित एमालेद्वारा अपानि जारी (पुर्णपाठ)


काठमाडौँ । नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ ।

कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ । ‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरूप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ आज जारी अपानिमा भनिएको छ ।

चुनावमा खेलेको भूमिकालाई आधार मानेर नेताहरूको मूल्यांकन गरिने पनि अपानिमा उल्लेख छ ।

‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिनेछ,’ अपानिमा भनिएको छ ।

केन्द्रीय सदस्य मनोनयन, पोलिट्ब्यूरो गठन र स्थायी कमिटी गठन भने चुनावपछि गरिने पनि जानकारी दिइएको छ ।