प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु

प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु


काठमाडौँ । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा शुरु भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी शुरु गरिएको हो ।

गोष्ठीमा प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन गृहमन्त्री ओम प्रकाश अर्यालले गरेका हुन् ।

उद्घाटन सत्रमा गृहसचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको छ ।

गोष्ठीमा प्रदेशभित्रको समग्र शान्ति–सुरक्षा अवस्था, अन्तरनिकाय समन्वय, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुरक्षा रणनीतिबारे छलफल हुने गृह प्रशासनले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराएको छ ।