काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले पार्टीको विधान भए अनुसार नै विशेष महाधिवेशन आह्वान गरेको बताएका छन्। विशेष महाधिवेशन स्थलमा नेताद्वय चन्द्र भण्डारी र सुनिल शर्मालाई साथ लिएर पुगेका महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफूहरूले प्रयास गरिहरेको बताए।
संस्थापन पक्षको काउन्टर भेलाबारे उनले भने, ‘विशेष महाधिवेशनको दिन अरू कुनै गतिविधि हुन हुन्न भन्ने त होइन नि।’ हस्ताक्षर गरेका ५४ प्रतिशतमध्ये २४ जनाले नाम फिर्ता लिएको र करिब ५ सय जना महाधिवेशन प्रतिनिधि थप हुने बताए।

प्रतिक्रिया