समानुपातिक तर्फको मतपत्र छपाइ सुरु

समानुपातिक तर्फको मतपत्र छपाइ सुरु


काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ । आजबाट समानुपातिक तर्फको मतपत्र छपाई सुरु भएको हो ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहनेछ ।

यही पुस १३ र १४ गते राजनीतिक दललाई समानुपातिक तर्फको बन्द सूची बुझाउन समय दिइएको थियो । त्यसबेला ६४ वटा दलले सूची बुझाएका थिए । त्यसमा १० वटा दलले एकल चुनाव चिह्नमा नाम दिएका छन् ।

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय माघ ६ गतेका लागि छ । माघ ९ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । त्यसपछि बल्ल मतपत्र छपाइ सुरु हुनेछ । नमूना मतपत्र छपाइको काम भने सकिएको छ ।