काठमाडौँ । गैरआवासीय नेपाली संघले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे भ्रम र अन्योल सिर्जना भएको भन्दै एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दे ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘हालै सार्वजनिक भएका दुई फरक विज्ञप्तिहरूका कारण माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा सञ्चार माध्यम तथा नेपाली समुदायमा केही भ्रम र अन्योल सिर्जना भएको प्रति भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, ’अध्यक्षद्वय केसी र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएले औपचारिक रूपमा कार्यक्रमका लागि मन्त्री गुप्तालाई आमन्त्रण गरेको जानकारी आफूहरूले पाएको विज्ञप्तिमा उल्लेख छ । साथै सत्येन्द्र शाहको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएबीच समन्वयको अभावका कारण पछिल्लो अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया