महासङ्घका पूर्व सभापति हाेमनाथ दाहालकाे निधन

महासङ्घका पूर्व सभापति हाेमनाथ दाहालकाे निधन


काठमाडौं।  पूर्वमन्त्री तथा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हाेमनाथ दाहालकाे निधन भएकाे छ ।

नेपालकाे प्रजातान्त्रिक आन्दोलनका अथक येाद्धा, वरिष्ठ पत्रकार , विपि विचारका सच्चा अभियन्ता दाहालकाे पुस २५ गते निधन भएकाे हाे ।

८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । पुस २५ गते साँझ वीर अस्पतालमा उपचारार्थ पुर्‍याउदै गर्दा निधन भएकाे पारिवारिक श्राेतले जनाएकाे छ । ओखलढुंगा जिल्लाकाे रामपुर जन्मेका दाहाल नेपाली कांग्रेस प्रजातान्त्रिककाे प्रवक्ता समेत भएका थिए । उनी पूर्व कृषिमन्त्री हुन् ।

दाहालकी धर्मपत्नी सुधा दाहाल पनि विरामी परेकाे र वीर अस्पतालमै उपचारार्थ छन् । उनका डा. सुधाम्शु दाहाल र हिमाम्सु दुई छाेरा छन् ।

दिबंगत दाहालकाे आज विहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास( मैतीदेवी नजीक धोवीखोलापट्टी ) मा श्रद्धान्जलि अर्पण गरिने र ९.३० पछि पशुपति आर्यघाटमा श्रद्धान्जलि तथा दाह संस्कार गरिने पारिवारिक श्राेतले जनाएकाे छ ।