डा कोइरालाको दवावपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे देउवा

डा कोइरालाको दवावपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे देउवा


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई पार्टीमा अर्थपूर्णरूपमा हेरिएको छ ।आज बिहान देउवा र डा शेखर कोइरालाबीच भेट भएको थियो । भेटमा कोइरालाले तत्काल बिशेष महाधिबेशनलाई तत्काल सम्बोधन गर्न दवाव दिएपछि देउवा शितल निवास गएको बताइएको छ ।

सभापति देउवा र इतर समूहका नेता डा कोइरालाबिच भेटवार्तामा विशेष महाधिवेशनलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बिषय छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।