काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरूले पार्टी फुट्न नदिने बताएका छन् । विशेष महाधिवेशनका लागि देशभरबाट कांग्रेस नेता तथा कार्यकर्ता काठमाडौं आएकाले कांग्रेस फुट्छ कि भन्ने शंका रहे पनि पार्टी विभाजन हुन नदिने उनको भनाइ छ । “यतिबेला कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ,” नेता भण्डारीले भने, “तर, हामी पार्टी विभाजन हुन दिदैनौँ ।”
इतिहासले दिएको जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्नु कांग्रेसको दायित्व भएको नेता भण्डारीले बताए । “नेपाली कांग्रेसले विगत सम्झिएन भने आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन,” उनले भने, “नीतिगत वा शंंकल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने हो ।” जेनजी आन्दोलन भएको अवस्थामा पार्टीले नयाँ ढंगले देशलाई नेतृत्व गर्नुपर्नेमा त्यसो गर्न नसकेको उनको भनाइ छ । विशेष महाधिवेशन सबैको हुनुपर्ने उनको धारणा छ । जेनजी आन्दोलनपछि विशेष महाधिवेशन हुनुपर्नेमा त्यसो हुन नसकेको भण्डारीले बताए ।
“जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा थप उत्साह थपिन्थ्यो, त्यसैले विशेष महाधिवेशन बोलाउनुपर्थ्यो,” उनले भने, “भेरिफाइड नभए पनि ५४ प्रतिशत साथीहरूले सिफारिस गरेपछि सेन्ट्रल कमिटीले यसलाई ग्रहण गर्नुपर्नेथियो । त्यसो हुन नसकेपछि विशेष महाधिवेशन आह्वान भयो । ग्रहण नगर्नुमा कमजोरी देखियो ।”

प्रतिक्रिया