काठमाडौ ।नेपाली कांग्रेसका ५० जना जिल्ला सभापतिहरुले विशेष महाधिवेसनले पार्टीभित्र विबाद र विग्रह निम्त्याउन सक्ने भन्दै त्यसतर्फ नलाग्न आव्हान गरेका छन्।
पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन भन्दै देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई बोलाएका छन्।
पार्टीको बिधान र केन्द्रीय कार्यसमितिको निर्णय विपरित आव्हान गरिएको विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिसिभा सदस्यको निर्वाचनमा लाग्न आव्हान समेत गरेका छन् ।
उनीहरुले सम्पूर्ण जिल्ला सभापतिहरुले पार्टी मुख्यालय सानेपामा पुस २८ गते हुने जिल्ला सभापतिहरुको भेला आव्हान गरेका छन्। नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापा, बागलुङका सभापति जीत शेरचनको संयोजनमा पुस २८ गते सोमबार जिल्ला सभापतिहरुको भेला समेत बोलाएका छन्।
५० जना जिल्ला सभापतिहरुले हस्ताक्षर गरेको सो विज्ञप्तिमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा निर्णय गरी पार्टी विधानबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको अवस्थामा विधानबमोजिम निर्धारित समयभित्र महाधिवेशन गर्ने कार्यमा लाग्न आव्हान गरेका छन्।
उनीहरुले केही पदाधिकारी तथा व्यक्तिहरूबाट विधानविपरीत “विशेष महाधिवेशन” को नाममा गतिविधि र आह्वान गरिएको भन्ने विषयप्रति हामी जिल्ला सभापतिहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन गर्ने प्रक्रिया चलिरहेको अवस्थामा विशेष महाधिवेशनको माग गरिएको विषय २०८२ मंसिर १५ गते नै स्वतः समाप्त भइसकेको तथ्यलाई २०८२ पौष १६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको उनीहरुद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
डआगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएको वर्तमान अवस्थामा नेपाली काँग्रेसको प्रमुख जिम्मेवारी आन्तरिक विवाद होइन, पार्टी संगठन सुदृढीकरण, जनसमर्थन विस्तार र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण हो। यस्तो घडीमा विधानभन्दा बाहिर गएर गरिने कुनै पनि गतिविधि पार्टी हितविपरीत हुनेछ’, विज्ञप्तिमा भनिएको छ।
उनीहरुले विधानअनुसार तय भएको प्रक्रिया र समयसीमाभित्र नियमित महाधिवेशन सम्पन्न गर्नु नै पार्टीको वैधता, अनुशासन र दीर्घकालीन भविष्यको एकमात्र आधार हो भन्नेमा हामी एकमत रहेको बताए।
विधानको रक्षा नै पार्टीको रक्षा हो भन्दै विज्ञप्ति जारी गर्ने जिल्ला सभापतिहरुमा

प्रतिक्रिया