देउवानिकट गोपालमान देखि बिनोदसम्म खुले गगन–विश्वको पक्षमा

देउवानिकट गोपालमान देखि बिनोदसम्म खुले गगन–विश्वको पक्षमा


काठमाडौ । नेपाली कांग्रेसमा लामो समय सभापति शेरबहादुर देउवालाई साथ दिएका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । संस्थापनले रोक्न खोजे पनि उनलाई लामो समय साथ दिएका नेताहरू भृकुटीमण्डपस्थित विशेष महाधिवेशन उद्घाटन स्थलमा पुगेका हुन् ।

उद्घाटनस्थलमा पुगेका संस्थापन निकटका नेतामा गोपालमान श्रेष्ठ, पुष्पा भुसाल, तारामान गुरुङ, डा डिला संग्रौला, विनोद चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, राजन केसीसहित छन् । त्यस्तै पछिल्लो समय कांग्रेसमा कम क्रियाशील रहे पनि तारानाथ रानाभाटदेखि कुनै समय देउवाका स्वकीय सचिव भएका कर्ण मल्लसम्म भृकुटीमण्डपमा पुगेका छन् ।

लामो समय देउवा समूहमा बसेर राजनीति गरेका गोपालमान शनिबारदेखि विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् ।