३५ केन्द्रीय सदस्य देखिए कांग्रेसको विशेष महाधिवेशनमा

३५ केन्द्रीय सदस्य देखिए कांग्रेसको विशेष महाधिवेशनमा


काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन यहाँको भृकुटीमण्डपमा आजबाट शुरु भएको छ।  कांग्रेसको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिको निर्णय विपरित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकु्मार थापाले आजबाट शुरु भएको विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।

विशेष महाधिवेशनमा महामन्त्रीद्वय शर्मा र थापाका अतिरिक्त सहमहामन्त्री फरमुल्लाह मन्सुर, पूर्वउपसभापति गोमालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीसहित ३५ केन्द्रीय सदस्यहरु विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।  एक सय ५७ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुमध्ये चन्द्र भण्डारी, प्रदीप पौडेल, प्रतिमा गौतम, प्रकाश रसाईली, अजयबाबु शिवाकोटी, महेश आचार्य, मधु आचार्य, मुक्ता यादब, अमृत अर्याल, मोहन आचार्य र महेन्द्रकुमार यादब सहभागी छन्।

पूर्वउपसभापति श्रेष्ठ सभापति शेरबहादुर देउवानिकटका नेता हुन्। विशेष महाधिवेशनमा पार्टी  संस्थापन पक्षका नेताहरु बिनोद चौधरी, उदय शम्शेर राणा, डा.डीला संग्रौला, पुष्पा भुषाल, देबेन्द्रराज कँडेल, नानु वास्तोला, योगेन्द्र चौधरी, धु्रब वाग्ले, बहादुर सिंह लामा तामाङ, अर्जुन जोशी, गोपाल दहित, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सत्तार, आङ्गेलु शेर्पा र दिलमान पाख्रिन रहेका छन्।

विशेष महाधिवेशन उद्घाटन कार्यक्रममा पूर्वसभामुख तथा पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, पूर्वसांसद सुधिर शिवाकोटी, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लागायतको उपस्थिति थियो।