बाघ स्थानान्तरणको माग गर्दै बर्दियाका पीडितहरू काठमाडौं आन्दोलन

बाघ स्थानान्तरणको माग गर्दै बर्दियाका पीडितहरू काठमाडौं आन्दोलन


बर्दिया । बर्दिया जिल्ला लगायत विभिन्न जिल्ला मा पछिल्लो समय बाघले मध्यवर्ती र सामुदायिक वन आसपासका बस्तीमा दिनदहाडै आक्रमण गरी ज्यान जाने क्रम निरन्तर छ ।     काठमाडौं को शान्तिवाटिका मा सरकारलाई दबाबमूलक शान्तिपूर्ण र्‍याली निकालेर सम्बन्धित निकायलाई खबरदारी कार्यक्रम भएको छ संरक्षणसँगै जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो। रानीपोखरी को परिक्रमा पछी को कोण सभा मा आफ्नो भनाई राख्ने वक्ताहरु ले जनता को सुरक्षा पहिलो कर्तव्य हो भन्ने आवाज उठाउनु भएको छ ।
संरक्षण का नाम मा विगत देखी वर्तमान सम्म का संरक्षण कर्मी का सम्पत्ति छानविन , मध्यवर्ती खारेज , राष्ट्रीय निकुन्ज को नियम कानुन संशोधन, चीनी मिल हरु ले किसानहरु को लागी उखु खेती लाई मापदण्ड बनाएर खेती गर्न लगाउनु पर्ने , बाघ संख्या अन्यत्र स्थानांतरण गरेर घटाउनु पर्ने , चुनाव लड़ने राजनीतिक दल र दलका नेताहरु ले आफ्नो घोषणा पत्र मा राष्ट्रीय निकुंज र बन्यजन्तु को बारे मा स्पष्ट धारणा राख्नु पर्ने लगायत का विषय मा कुराहरु उठेका छन ।

यो पहिलो चरण को कार्यक्रम संगै आउने दिनहरु मा दोस्रो चरण का कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।