काठमाडौ । भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई छलफलमा बोलाएका छन् ।
उनले आफ्नो अस्थायी निवास महाराजगञ्जमा नेताहरूलाई आइतबार साँझ छलफलका लागि बोलाएका हुन् । यति मात्र होइन १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट निर्वाचन पुष्पा भुसाल, डिला संग्रौला,देवेन्द्रराज कँडेल, उदय शमशेर राणा, भरत शाह लगायतका २० जना केन्द्रीय सदस्य पनि विशेष महाधिवेशनमा सहभागी छन् । तीन महिनाअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

प्रतिक्रिया