काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको आव्हानमा आइतबारदेखि शुरु भएको ‘विशेष महाधिवेशन’मा राजतन्त्र पुनस्र्थापनाको माग गरिएको छ। नेपाली कांग्रेसको भृकुटी मण्डपमा शुरु ‘विशेष महाधिवेशन’को उद्घाटन कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले २०४७ को संविधान र राजतन्त्रबारे पुनर्विचार गर्नुपर्ने माग गरेका हुन्।
उनले कांग्रेसलाई कम्युनिस्ट मुक्त बनाउँदै राजतन्त्रबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका हुन्। शर्माले भने, ‘प्रजातन्त्रको ठाउँमा लोकतन्त्र हुन सक्दैन। हामी कहिल्यै लोकतन्त्रका लागि लडेनौ। नीतिगत, कार्यगत र नेतृत्वको सुधार गर्नु पर्छ। कांग्रेसले लोकतन्त्र र समाजवाद पनि हटाउनु पर्छ।’ उनले प्रजातन्त्रका ठाउँमा लोकतन्त्र नराख्न र समाजवाद र संवैधानिक राजतन्त्रका बारेमा पुनर्विचार गर्नु पर्नेमा जोड दिए। उनले धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्र कांग्रेस राख्न पनि सुझाव दिए।

प्रतिक्रिया