काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए । ‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुछ ।
पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन,’ उनले भने, ‘यो उपस्थितिले कांग्रेस बदल्ने मात्र होइन, देश बदल्ने सोच राखेको छ ।’ उनले हिजोभन्दा आज कांग्रेस आफूभित्रको चुनौतीको सामना गरिरहेको पनि बताए ।

प्रतिक्रिया