काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने भएकाे छ ।
‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने ।
क–कसको उम्मेदवार उम्मेदवारी पर्यो भन्नेबारे नामावलीमा मात्रै जानकारी हुने उनले बताए । अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा लागिरहेको उनले जानकारी दिए ।
भोटिङ हुने पदहरूमा विद्युतीय मतदान हुने समेत उनले बताए । मनोनयन पत्र दर्ताको समय ११ :१५ सम्म रहेको थियो ।

प्रतिक्रिया