काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उम्मेदवारका लागि थप क्षेत्रहरु निश्चित गरेको छ । हिजो राति अबेरसम्म बसेको बैठकले नुवाकोट–१ मा डा।विक्रम तिमिल्सिना र २ मा डा। अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङ क्षेत्र नम्बर ३ मा कमल सुवेदी उम्मेदवार बनेका छन् ।
लमजुङमा धर्म केसी, झापा १ मा निशा डाँगी, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा ३ मा प्रकाश पाठक, झापा ४ मा शम्भु सुस्केरा ढकाल र झापा ५ बालेन्द्र शाह ९बालेन० उम्मेदवार छन् । नवलपुर १ मा राजन गौतमले टिकट पाएका छन् ।
जुम्लामा विनिता कठायत, कञ्चनपुर ३ मा ज्ञानेन्द्र महता, दोलखामा इञ्जिनियर जगदीश खरेल, मोरङ १ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ ३ मा गणेश कार्कीले टिकट पाएका छन् । ओखलढुङ्गामा विश्वराज पोखरेल, स्याङ्जा १ मा धनन्जय रेग्मी, बाजुरामा हेमराज थापा, बागलुङ २ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा। कृष्णहरि बुढाथोकी उम्मेदवार छन् ।तनहुँ क्षेत्र नम्बर २ श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले रास्वपाको टिकट प्राप्त गरेका छन् ।

प्रतिक्रिया