काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् । बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ । संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँछौं ।’
संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका छन् ।

प्रतिक्रिया