काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा डडेलधुराबाट आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।
उनका निकटस्थ नेताहरूका अनुसार देउवाले डडेलधुरा निर्वाचन क्षेत्रबाटै उम्मेदवारी दिने मनस्थिति बनाइसकेका छन् । यस विषयमा सभापति गगन थापासँग पनि छलफल भएको छ । देउवा पक्षका नेता रमेश लेखकले सभापति थापासँग कुराकानी गरेको स्रोतले बताएको छ । सभापति थापाले देउवा चुनाव लड्न तयार भए रोक्ने पक्षमा नरहेको सन्देश दिएको बताइएको छ ।
यसैबीच, देउवा निवास महाराजगञ्जमा रातभरि पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, बालकृष्ण खाँणलगायत नेताहरूबीच छलफल चलेको थियो । टिकट वितरणको मोटामोटी नाम टुंगो लागिसकेको र सहमति जुटे एकैपटक सार्वजनिक हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया