पोखराबाट दुर्गा प्रसाई पक्राउ

पोखराबाट दुर्गा प्रसाई पक्राउ


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् । नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो । निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।

कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । यही विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै आयोगले प्रहरीका दुई कार्यालयलाई पत्राचार गरेको हो । प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ ।