विनोद चौधरीको दोस्रो इनिङ: अधुरा विकास पूरा गर्ने प्रतिबद्धता

विनोद चौधरीको दोस्रो इनिङ: अधुरा विकास पूरा गर्ने प्रतिबद्धता


नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी तीव्र बनेको छ। नेपालका एकमात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उद्योगपति विनोद चौधरी यस क्षेत्रबाट पुनः उम्मेदवार बनेका छन्। उनी आफ्नो विगतको कार्यकालमा सुरु गरेका विकासका कामलाई पूर्णता दिने तथा नवलपरासीको आर्थिक समृद्धिलाई तीव्रता दिने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका हुन्।
२०७९ को जित र यसपटकको प्रतिस्पर्धा
२०७९ को निर्वाचनमा चौधरीले २९ हजार ५१९ मत प्राप्त गरी विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए। मतान्तर करिब ७ हजारको थियो। यसपटक पनि यी दुईबीचको कडा टक्कर हुने अनुमान गरिएको छ। चुनावी अभियानमा चौधरीले विगतका उपलब्धि दोहोर्‍याउँदै अधुरा आयोजनाहरू पूरा गर्ने वाचा गरिरहेका छन्।
पूर्वाधार र स्वास्थ्यमा योगदान
चौधरीले आफ्नो कार्यकालमा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन्। बुटवल–नारायणगढ सडक खण्ड र हुलाकी सडक जस्ता राष्ट्रिय गौरवका आयोजनालाई गति दिने तथा स्थानीय सडक सञ्जाल विस्तारमा नेतृत्वदायी भूमिका खेलेको उनले बताएका छन्। स्वास्थ्य क्षेत्रमा चिसापानी अस्पतालमा ट्रमा सेन्टर निर्माणको पहल गरेका थिए। चौधरी फाउन्डेसनमार्फत चिसापानी अस्पताल, चौपत्ता सामुदायिक अस्पताल र सुस्ताका विभिन्न स्वास्थ्य संस्थालाई चिकित्सा उपकरण तथा सामग्री प्रदान गरेका छन्।
मुख्य एजेन्डास् पूर्वाधार पूर्णता र आर्थिक समृद्धि
यसपटकको चुनावमा चौधरीले पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। लामो समयदेखि अलपत्र वा सुस्त गतिमा रहेका आयोजनाहरूलाई सुचारु गरी सम्पन्न गर्ने उनको मुख्य प्रतिबद्धता छ। ूनवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु,ू चौधरीले भनेका छन्। ूविगतमा सुरु गरिएका तर सुस्त गतिमा रहेका आयोजनाहरूलाई सम्पन्न गर्नु नै मेरो पहिलो प्राथमिकता हो।ू उनी व्यस्त उद्योगपति भएकाले जनतासँग प्रत्यक्ष सम्पर्कमा कठिनाइ हुने गुनासोलाई सम्बोधन गर्न जिल्लामा छुट्टै सचिवालय स्थापना गरेका छन्। यस सचिवालयमार्फत जनगुनासा तथा काम सहजीकरण भइरहेको छ, जसले मतदाता र सांसदबीच दूरी घटाएको स्थानीयको भनाइ छ।
स्थानीय मतदाताको अपेक्षा
स्थानीय मतदाताहरू काम गर्ने तथा विकासप्रति प्रतिबद्ध नेताको खोजीमा छन्। एक स्थानीय सरोज थापाले भने, ूहामीलाई गफ भन्दा काम गर्ने नेता चाहिएको छ। उहाँको विकासप्रतिको हुटहुटीले हामीलाई आशावादी बनाएको छ।ू चौधरीको राजनीतिक अनुभव, स्थानीय मुद्दाप्रतिको संवेदनशीलता र विगतका कामहरूले उनी बलियो उम्मेदवारका रूपमा स्थापित छन्।
चुनाव नजिकिँदै गर्दा चौधरीले क्षेत्रीय कार्यालय उद्घाटन गरी ५५५ सदस्यीय प्रचार समिति गठन गरेका छन्। यस क्षेत्रमा पूर्वाधार, स्वास्थ्य र आर्थिक समृद्धिका मुद्दा मुख्य बन्ने देखिन्छ। मतदाताहरूले कामको निरन्तरता र नयाँ गति खोजिरहेका छन्।