काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ ।
उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।

प्रतिक्रिया