काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आज (मंगलबार) झापाको दमकमा एक कार्यक्रमबीच ओलीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । निर्वाचनपछि सो क्षेत्रमा गर्न सकिने कामको फेहरिस्त समावेश गरेर एमालेले अध्यक्ष ओलीको चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।
पहिलो बुँदामा सुशासनको क्षेत्र समेटिएको छ । जहाँ भनिएको छ,‘सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो कार्यक्रम र प्रतिबद्धता छ ।’
दोस्रो बुँदामा भ्रष्टाचार अन्त्य गर्ने कुरा राखिएको छ। यस्तै, तेस्रो बुँदामा भने राष्ट्रियताको सवालमा चर्चा गरिएको छ । यसअघि भूपरिवेष्ठित देशलाई भूजडित देश बनाउनको लागि छिमेकी देशहरुसँग पारवाहन सन्धि गराएको कुरापनि उल्लेख गरिएको छ ।



प्रतिक्रिया