अनिश्चितकालका लागि रोकियो पोखरा र भैरहवामा हुने रास्वपा सभा

अनिश्चितकालका लागि रोकियो पोखरा र भैरहवामा हुने रास्वपा सभा


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र भैरहवामा आयोजना गर्न तय गरिएको आमसभा कार्यक्रम स्थगन गरेको छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा हुने भनिएका दुवै कार्यक्रम हालका लागि स्थगित गरिएको हो।

उक्त सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले सम्बोधन गर्ने कार्यतालिका रहेको थियो। पार्टीले विशेष कारणवश कार्यक्रम स्थगन गरिएको जनाएको छ। रास्वपा स्रोतका अनुसार बालेन्द्र शाहको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगन गरिएको हो। स्वास्थ्यमा असहजता देखिएपछि शाह बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत काठमाडौं फर्किएका थिए। यसै कारण आज दाङमा तय गरिएको कार्यक्रममा पनि उहाँ सहभागी नहुने जानकारी पार्टीले दिएको छ।