भाँचियो संखुवासभामा अरुण नदीको बेलिब्रिज

भाँचियो संखुवासभामा अरुण नदीको बेलिब्रिज


संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमा हालिएको बेलिब्रिज भत्किएको छ । मकालु गाउँपालिकाको वडा नम्बर ५ र २ को सिमानास्थित नुम–सेदुवा भित्री सडक खण्डमा पर्ने अरुण नदीमाथिको बेलिब्रिज भत्किएको हो । बेलिब्रिज भत्किँदा ट्रक नदीमा खसेको छ । ट्रक अरुण नदीमा खस्दा ट्रक चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते ट्रक चालक अर्जुन श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।