काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् ।
निर्वाचन आयोगले तत्काल निर्णय दिने बताएको छ । ‘स्याङ्जा, धनुषा र दोलखा विवादको विषयमा छलफल गर्न केहीबेरमा आयोगको बैठक बस्छ र तत्काल निर्णय दिन्छ’ आयोगको उच्च स्रोतले भन्यो ।’
दोलखाको मालुमा विवाद भएको थियो । विवादपछि मतदान स्थगित भएको थियो । पछि माइकिङ गरेर मतदानका लागि बोलाइएको थियो । यो क्षेत्रमा राजनीतिक दलहरूले समेत निर्वाचन आयोगले उचित निर्णय दिनुपर्ने बताइरहेका छन् ।
दोलखामा रास्वपाबाट जगदीश खरेल, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट विशाल खड्का, राप्रपाबाट प्रवीणकुमार थोकर तामाङलगायत उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया