सर्लाही ४ मा अमरेश कुमार सिंहले गगन थापालाई ११३३ मतले उछिने

सर्लाही ४ मा अमरेश कुमार सिंहले गगन थापालाई ११३३ मतले उछिने


काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापासँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा। अमशेर कुमार सिंहले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार सिंहले २८४७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । यसमा १ हजार १३३ को मतान्तर हुन्छ ।

तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार अमनिश यादवले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीले १२८ मत ल्याएको छ । अघिल्लो अपडेटमा थापा ४७१ मतले पछाडि परेका थिए । त्यसबेला सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका थिए ।