बझाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रारम्भिक अग्रता निकालेका छन् । शुक्रबार बुंगल नगरपालिका वडा नम्बर ४, ९ र ६ को एक मतदान केन्द्को मत गणना हुँदा ७५० मतसहित रसाइलीले अग्रता लिएका छन् ।
यस्तै ४१२ मतसहित दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंह छन् । नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर १९६ मतका साथ तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले १५८ मत पाएका छन् ।

प्रतिक्रिया