मनाङ-मुस्ताङदेखि रसुवासम्म: कांग्रेस ५ जित

मनाङ-मुस्ताङदेखि रसुवासम्म: कांग्रेस ५ जित


काठमाडौ । नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो उपस्थिति देखाएको छ। मतगणना जारी रहँदा कांग्रेसका उम्मेदवारहरूले पाँच क्षेत्रहरूमा जित निकालेका छन्। निर्वाचन आयोगका अनुसार, देशका विभिन्न क्षेत्रमा परिणाम सार्वजनिक हुने क्रम जारी छ भने कांग्रेसका उम्मेदवारहरूले फराकिलो तथा निकटतम मतान्तरमा विजय प्राप्त गरेका छन्।
दैलेख क्षेत्र नं। १ मा नेपाली कांग्रेसकी बसना थापा १२,३७२ मतसहित विजयी हुनुभएको छ। निकटतम प्रतिस्पर्धी रविन्द्रराज शर्मा ९सीपीएन(यूएमएल० ले ११,७९६ मत प्राप्त गर्नुभयो। यसरी थापाले ५७६ मतको अन्तरले जित हासिल गर्नुभयो।
मनाङ मा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २,४१५ मतसहित निर्वाचित हुनुभएको छ। निकटतम प्रतिद्वन्द्वी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभयो भने मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ९नवीन० ले मात्र ९ मत लिनुभयो।
तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा ११,५६१ मतसहित विजयी हुनुभएको छ। निकटतम प्रतिस्पर्धी भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गर्नुभयो।
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली ३,३०७ मतसहित निर्वाचित हुनुभएको छ। निकटतम प्रतिद्वन्द्वी इन्द्रधारा दादु बिष्टले १,८०६ मत लिनुभयो। अन्य उम्मेदवारहरूमा अधित्य चन्द्र थकाली ७५९, ङुटुक गुरुङ १५१ र कमला लालचन १६१ मत प्राप्त गर्नुभयो।
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य १०,६५६ मतसहित तेस्रो पटक निर्वाचित हुनुभएको छ। उहाँले २०७४ र २०७९ मा पनि यो क्षेत्रबाट जित्नुभएको थियो। निकटतम प्रतिस्पर्धी बसन्त भट्टले ५,५७१ मत प्राप्त गर्नुभयो।