काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म)उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्याएका छन् । सर्लाही–४ बाट ईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन् । कांग्रेस सभापति थापाको पक्षमा आठ हजार ४६२ मत गणना भएको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार अमनिश यादवले दुई हजार २६१ मत पाएका छन् ।

प्रतिक्रिया