डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी


काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् । डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् ।