काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को चर्चित क्षेत्र सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।
मतगणना सम्पन्न भएसँगै प्राप्त अन्तिम नतिजाअनुसार सिंहले ३५ हजार ६८८मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१मत ल्याए । यसरी सिंहले करिब १२ हजार ८५७ मतान्तरले जित हासिल गरेका हुन् ।
यो जितसँगै अमरेशकुमार सिंहले सर्लाही–४ बाट ह्याट्रिक पूरा गरेका छन् । उनी यस क्षेत्रबाट लगातार तेस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । यसअघि २०७४ मा नेपाली कांग्रेसबाट, २०७९ मा स्वतन्त्र उम्मेदवारको रूपमा र अहिले २०८२ मा रास्वपाबाट विजयी बनेका छन् ।
यसैबीच, नेपाली कांग्रेस सभापति गगनकुमार थापाको भने यो राजनीतिक करियरको पहिलो हार हो । २०६४ सालमा समानुपातिक सांसदबाट सुरु भएको उनको संसदीय यात्रा काठमाडौं–४ बाट लगातार तीनपटक (२०७०, २०७४ र २०७९) जितसँगै ह्याट्रिक पूरा गरेको थियो । तर यसपटक पार्टीको निर्णयअनुसार मधेश प्रदेशको सर्लाही–४ मा चुनाव लडेका थापा पराजित भएका हुन् ।
मतगणना सुरुदेखि नै अमरेश सिंहले स्पष्ट अग्रता कायम राखेका थिए । प्रारम्भिक चरणमा नै उनको मतान्तर हजारौंमा पुगेको थियो र अन्त्यसम्म यो फराकिलो बनेको देखिन्छ

प्रतिक्रिया