३५ हजार मतले पराजित गरे कांग्रेसले पार्टीबाट निकालेका खनालले कांग्रेसकै विनोद चौधरी

३५ हजार मतले पराजित गरे कांग्रेसले पार्टीबाट निकालेका खनालले कांग्रेसकै विनोद चौधरी


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उनले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरेका हुन् । यस क्षेत्रमा कांग्रेसका चौधरीले ९ हजार ५०२ मत प्राप्त गरे ।

नेकपा ९एमाले०का उम्मेदवार रामप्रसाद पाण्डेयले ७ हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खनाल केही समयअघि कांग्रेसबाट निकालिएका थिए ।