अमरेश सिंहलाई बधाई दिदै गगन थापाले भने- सर्लाहीको सेवा गर्छु

अमरेश सिंहलाई बधाई दिदै गगन थापाले भने- सर्लाहीको सेवा गर्छु


नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सर्लाही ४बाट विजयी उम्मेदवार अमरेशकुमार सिंहलाई बधाई दिएका छन्। उनले भनेका छन्:

“सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना !

मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।”

यो चुनाव नेपाली राजनीतिमा चर्चित बनेको थियो किनकि कांग्रेस सभापतिले पार्टीको परम्परागत क्षेत्र छोडेर नयाँ क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए। तर रास्वपाको बढ्दो प्रभाव र स्थानीय मुद्दाहरूले सिंहलाई फाइदा पुगेको देखिन्छ।