ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्।
त्यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७ र श्रम संस्कृति पार्टीका सरोज राईले ६ सय ८ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाल मजदुर किसान पार्टीकी चिरी मैया महर्जन (लाखाजु) ले २०७, स्वतन्त्र उम्मेदवार उमङ्ग केसीले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया