बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी


बाजुरा । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का हेमराज थापाले छ हजार ३५, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का भूपेन्द्र विकले ३३३ मत प्राप्त गर्नुभयो । यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो ।

खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
(((