योगेश भट्टराईले मागे केपी ओलीको राजीनामा

योगेश भट्टराईले मागे केपी ओलीको राजीनामा


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा करारी पराजय बेहोरेपछि नेकपा एमालेमा नेतृत्व परिवर्तनको आँधी चलेको छ । पार्टीका प्रभावशाली सचिव योगेश भट्टराईले निर्वाचन हारको नैतिक जिम्मेवारी नेतृत्वले बोक्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई घुमाउरो रूपमा राजीनामा दिन दबाब दिएका छन् । सोमबार फेसबुकमार्फत उनले पार्टीको नीति र नेतृत्व दुवैलाई जनताले अस्वीकार गरेको बताउँदै जस–अपजसको भारी बोक्नुपर्ने उल्लेख गरेका हुन् ।

हामी ढलेका हौं, मरेका होइनौं, भट्टराईले लेखेका छन्, पार्टीको यो दयनीय अवस्था आउनुमा प्रमुख नेताहरूकै जवाफदेहिता छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छरु पूर्वाग्रह र षड्यन्त्रबाट माथि उठेर गम्भीर छलफल गरौं । उनले भदौ २३ र २४ पछि पार्टीले लिएका नीतिहरू पूर्ण रूपमा गलत भएको र यसलाई सच्याउन आफूहरूले पटक–पटक आग्रह गरे पनि नेतृत्वले नसुनेको गुनासो पोखेका छन् ।

भट्टराईको यो अभिव्यक्ति पार्टी पंक्तिमा निराशा र आक्रोश चुलिएको बेला आएको छ । उनले कार्यकर्ताहरूलाई आत्मभर्त्सना होइन, आत्मसमीक्षाुको बाटोमा हिँड्न अपिल गर्दै हिजोका गुट र घेराबाट बाहिर निस्किएर खुला बहसमा सहभागी हुन आह्वान गरेका छन् । कमरेडहरू, सही नीति र नेतृत्वका माध्यमबाट हामी फेरि उठ्नेछौं, उनले अन्तमा भनेका छन् ।

उनले लेखेका छन्