कार्की नेतृत्वको सरकारलाई अब कुनै पनि काम अघि नबढाउन डा स्वर्णिमको दबाब

कार्की नेतृत्वको सरकारलाई अब कुनै पनि काम अघि नबढाउन डा स्वर्णिमको दबाब


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले मन्त्रालयका सचिवहरूलाई फोन गरेर कुनै पनि निर्णय गर्न हतार नगर्न भनेका छन् । सिंहदरबारस्थित विश्वासिलो स्रोतका अनुसार उनले चुनावको परिणाम आउँदै गर्दा मुख्य सचिव र विभिन्न मन्त्रालयका सचिवहरूलाई टेलिफोन गरेर दूरगामी महत्त्व बोक्ने विषयबारेका निर्णय नगर्न भनेका हुन् ।
शिलापत्रले लेखेका छ उनले शक्तिशाली दल रास्वपा बनेको र अब उसैको सरकार बन्ने निश्चित भएसँगै सरकार नआउञ्जेल कुनै निर्णय नगर्न भनेको सिंहदरबार स्रोतको दाबी छ । यसबारे मुख्य सचिवले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जानकारी गराइसकेको र सरकारमाथि अहिले नै ‘प्रेसर’ दिनु अनुपयुक्त भएको बताएका छन् ।

डा वाग्लेलवे ठूलो जनादेशसहित आफ्नो पार्टी सरकारको नेतृत्व गर्ने भएको हुँदा जे–जे निर्णय भएका छन् र प्रक्रियामा छन्, ती सबै यथास्थितिमा राख्नू भन्ने ‘आदेश’ दिएका हुन् । स्रोतका अनुसार नख्खु कारागारबाट छुटेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दा रास्वपा सभापति रवि लामिछानेले ‘सरकार भनेको अन्तिम दिनसम्म पनि चौडा छाती गरेर पूरा शक्तिका साथ काम गर्नुपर्छ’ भनेका थिए । उनकै उपसभापति वाग्लेले भने कार्की नेतृत्वको सरकारलाई अब कुनै पनि काम अघि नबढाउन दबाब दिन थालेका छन् ।

‘त्यसै पनि यो सरकार नागरिक सरकार हो । निर्वाचन गर्ने मुख्य जिम्मेवारी लिएको सरकारले त्यस्तो के दीर्घकालीन असर पुग्ने निर्णय गर्थ्यो होला र ?,’ स्रोतले भन्यो, ‘सरकारमा जानूअघि नै जुन किसिमले दबाब दिन खोजियो, यसले सरकारको मनोदशामा प्रभाव पारेको छ । त्यही बुझेर पनि हुनुपर्छ, अहिलेसम्म यहाँ क्याबिनेटको बैठक बसेको छैन । यो कुराले प्रधानमन्त्रीसमेत असन्तुष्ट हुनुभएको बुझेका छौँ ।’ यसबारेमा हामीले रास्वपा उपसभापति वाग्लेसँग बुझ्न खोज्दा उनको फोन सहकर्मीले उठाए पनि तत्काल सम्पर्क हुन नसक्ने जानकारी दिइएको छ ।