समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना


काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको ११ः२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४८ लाख एक हजार २७२ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १६ लाख १३ हजार ४७०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ४४ हजार ८५८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख २९ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख ४० हजार ३४०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रसा)ले तीन लाख १४ हजार ५३२ मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ६४ हजार ४७७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ५९ हजार ६००, जनमत पार्टीले ७२ हजार ७७४ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।