काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार सिंहदरबारमा बसेको छ। राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षमा संसदीय दलको बैठक बसेको हो। बैठकमा कांग्रेसका राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य सहभागी थिए। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा राष्ट्रिय सभाका नवनिर्वाचित सांसदसँग परिचय आदानप्रदान गरिएको छ। त्यससँगै उनीहरूसँग अन्तरक्रिया पनि गरिएको छ।

प्रतिक्रिया