समानुपातिक सांसद छान्न बोलायो कांग्रेसले कार्यसम्पादन समिति बैठक

समानुपातिक सांसद छान्न बोलायो कांग्रेसले कार्यसम्पादन समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सीट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउनेबारे छलफल हुने उनले बताए।

प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकमा २० सीट पाएको छ। भोलि नाम टुङ्गो लगाएर आयोगमा बुझाउने कांग्रेसको तयारी छ।