काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोसी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ९सरिन०ले पार्टीले टुंगो लगाएको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत ओखलढुंगाकी शोभा कार्की, खोटाङकी चर्चित गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङ को नाम सूचीमा नसमेटिएको भन्दै प्रश्न उठाएकी हुन्।
“जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने थियो। ओखलढुंगाको बगरमा घण्टी बोकेर २०७९ को निर्वाचनमा उम्मेदवार बनेर सानो नानी च्याप्दै रास्वपाको बीउ रोप्ने शोभा कार्कीको नाम परेन। खोटाङबाट समानुपातिकमा चर्चित गायिका तथा बौद्धिकताकी खानी सत्यकला राईको नाम किन आएनरु” भन्दै उनले सामाजिक सञ्जालमा प्रश्न गरेकी छन्।
उनले ताप्लेजुङकी मीरा लाबुङको नाम नसमेटिनु पनि पार्टीले कोसी प्रदेशको भौगोलिकता र जातीय क्लस्टरलाई समेट्न नसकेको संकेत भएको टिप्पणी गरेकी छन्। यसले आगामी दिनमा संगठनमा असर पर्न सक्ने उनको भनाइ छ। “समुदायका व्यक्तिविशेषहरू केन्द्रीय नेताको वरपर नजिक भएर पनि यी विषयमा ध्यानाकर्षण गराउन नसक्नु दुःखद हो,” उनले लेखेकी छन्।
गत निर्वाचनमा तामाङ सुनसरी–१ बाट उम्मेदवार बनेकी थिइन् तर हर्क साम्पाङ सँग पराजित भएकी थिइन्। रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिना कारबाहीमा परेपछि तामाङले कोसी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
रास्वपाले सोमबार समानुपातिकतर्फका सांसदहरूको सूची टुंग्याएर निर्वाचन आयोग ९नेपाल० मा बुझाएको थियो।

प्रतिक्रिया