प्रधानमन्त्री कार्की चैत १३ मा शीतल निवासबाट सिधै धापासी

प्रधानमन्त्री कार्की चैत १३ मा शीतल निवासबाट सिधै धापासी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट लगभग सबै सामान आफ्नो निजी निवास धापासीमा सारिसकेकी छन् । शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि उनी पदमुक्त भएर सोझै धापासी जाने भएकी छन् ।  प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताएअनुसार बालुवाटारमा अब दुई-तीन दिन बस्न मात्रै चाहिने सामान बाँकी छन् । “१३ गते नै उहाँ धापासी सर्नुहुन्छ,” रावलले भने ।

सामान सार्ने काम एक हप्ताअघिदेखि नै सुरु भएको उनले जानकारी दिए । नयाँ प्रधानमन्त्रीले शपथग्रहणपछि सीधै बालुवाटारमा बस्न चाहेमा निवास पूर्ण रूपमा खाली गरिदिने तयारी पनि छ ।   “कथंकदाचित नयाँ प्रधानमन्त्रीज्यूले आजैबाट सामान ल्याउँछु भन्नुभयो भने उहाँ आजै पनि आफ्नो घर जान तयार हुनुहुन्छ,” रावलले थपे ।

केही महिनादेखि खाली रहेको धापासीस्थित निजी घरमा फोहोर जमेको थियो । एक हप्ताको प्रयासमा घर पूर्ण रूपमा सफा गरिएको र बस्न योग्य बनाइएको रावलले बताए । प्रधानमन्त्रीका पति दुर्गा सुवेदी पनि हाल बालुवाटारमै बस्दै आएका छन् । घर सफा गर्न र सामान मिलाउनका लागि विगत एक सातादेखि उनी धापासी र बालुवाटार बीच ओहोरदोहोर गरिरहेका छन् ।  प्रधानमन्त्री कार्कीले अन्तिम दिनसम्म पनि सरकारी निवासलाई व्यवस्थित रूपमा हस्तान्तरण गर्न लागेको बताइएको छ ।