काठमाडौ । झन्डै एक महिनादेखि मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न अमेरिकाले इरानलाई १५ बुँदे शान्ति योजना पेस गरेको छ। न्युयोर्क टाइम्सले दुई अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ कि यो प्रस्ताव पाकिस्तानमार्फत इरानलाई पठाइएको हो। पाकिस्तानका सेना प्रमुखले अमेरिका र इरानबीच मुख्य मध्यस्थको भूमिका निर्वाह गरिरहेको बताइएको छ।
रोयटर्स र इजरायली च्यानल १२ ले पनि यो जानकारी पुष्टि गरेका छन्। च्यानल १२ अनुसार, प्रस्तावमा ८८होर्मुज स्ट्रेट८८ खुला राख्ने तथा यसलाई स्वतन्त्र समुद्री मार्ग बनाउने माग समावेश छ। १५ बुँदे योजनाको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। तर विभिन्न स्रोतका अनुसार यसमा इरानको ८८परमाणु कार्यक्रम८८ पूर्ण रूपमा बन्द गर्ने, यूरेनियम समृद्धिकरण रोक्ने, बलिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, प्रोक्सी समूहहरूलाई समर्थन बन्द गर्ने र होर्मुज स्ट्रेटमा निर्बाध जहाज आवतजावत सुनिश्चित गर्ने जस्ता मागहरू रहेका छन्।
इरानले प्रस्ताव स्वीकार गर्ने वा नगर्ने अझै स्पष्ट भएको छैन। इजरायलको सहमति भएरनभएको पनि खुल्न बाँकी छ। इरानले भने अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको दाबी गर्दै आएको छ। यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका, इजरायल र इरानबीच शान्तिका लागि आफ्नो देश मध्यस्थता गर्न तयार रहेको बताएका थिए। पाकिस्तानले वार्ता आयोजना गर्न पनि प्रस्ताव गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सकारात्मक र उत्पादनशील छलफल भइरहेको दाबी गरेका थिए। उनले इरानले परमाणु हतियार नबनाउने सहमति गरेको समेत बताएका छन्। तर इरानले यस्तो कुनै वार्ता नभएको जनाएको छ। यो प्रस्ताव युद्धको चौथो साता लाग्दा आएको हो। युद्धका कारण होर्मुज स्ट्रेट प्रभावित भएर विश्वव्यापी तेल आपूर्तिमा असर परिरहेको छ।
प्रस्तावमा एक महिनाको युद्धविराम गरी त्यसबीचमा १५ बुँदे योजनामाथि थप छलफल गर्ने व्यवस्था रहेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन्। इरानले स्वीकार गरेमा प्रतिबन्ध हटाउने, नागरिक परमाणु ऊर्जा सहयोग जस्ता प्रस्ताव पनि रहेको बताइएको छ।
घटनाबारे थप विवरण र इरानको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। युद्ध अन्त्यका लागि यो कूटनीतिक प्रयास सफल हुन्छ कि हुँदैन भन्ने अझै अनिश्चित छ।

प्रतिक्रिया