भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई


काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शाहलाई नेपालका प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण बधाई दिएका हुन् । शाहको नियुक्तिले नेपाली जनताले राखेको विश्वासलाई प्रतिबिम्बित गर्ने उनले बताएका छन् ।

उनले भारत–नेपाल मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन शाहसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राखेको उल्लेख गरेका छन् ।