राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिए राजीनामा

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिए राजीनामा


काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना लाई राजीनामा पत्र बुझाएका छन् ।
झाले मिति २०८२ चैत १६ मा लेखेको राजीनामा पत्रमा परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गर्दै नवगठित सरकारलाई मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । मन्त्रालय श्रोतका अनुसार राजीनामा आजैका मितिदेखि लागू हुने गरी दिएको  छन् ।
राजीनामा पत्रमा झाले भनेका छन्, “हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु । यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।”

श्रोतले अगाडि भनेको छ उनले नियुक्तिका बेला दिइएको विश्वासप्रति नेपाल सरकारप्रति आभार व्यक्त गर्दै राससकर्मी तथा मन्त्रालयलाई समेत धन्यवाद दिएका छन् । साथै, भावी दिनमा देश र जनताको पक्षमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।
धर्मेन्द्र झा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष समेत हुन् । उनी २०७९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट राससको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
सञ्चार मन्त्रालय स्रोतका अनुसार झाको राजीनामा स्वीकृतिका लागि प्रक्रिया अघि बढाइने छ ।